बुवाद्वारा छोराको हत्या

कैलाली | बैशाख १६, २०८०

बुवाद्वारा छोराको हत्या

कैलाली:   कैलालीमा एक बुबाले आफ्नै जवान छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका ४७ वर्षीय महेशकुमार चौधरीले २१ वर्षीय छोरा अर्जुनको हत्या गरेका हुन् । 


जिल्ला प्रहरी कार्यालयका अनुसार महेशले आज मध्यान्ह घरदेखि १५० मिटर टाढा जङ्गलमा ईटाले छोराको टाउकोमा हानेका थिए । ईटा प्रहारबाट उनका छोरा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । 


छोराको हत्या गर्ने बुबालाई वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्